सन् २०१४ मा आदरणीय भारतीय पवित्र महापुरुष, श्री सत्य साईं बाबाको, सूक्ष्म शरीर (Light Body) मा भएको रहस्यमय पुनरागमनले लाखौं-करोडौं विश्वव्यापी भक्तहरूलाई अचम्भित पारेको छ।
सन् २०११ मा ८५ वर्षको उमेरमा आफ्नो शारीरिक रुप छोडेपछि उहाँले घोषणा गर्नुभयो, "मैले बाचा गरे अनुसार मेरो ९६औं वर्षसम्म आफ्नो कार्य (मिसन) पूरा गर्न म फर्किएको छु।"
यस अदृश्य सूक्ष्म शरीरमा अभूतपूर्व पुनरागमन भएदेखि भगवान श्री सत्य साईं बाबाले आफ्नो सानो टोलीका साथ विश्वभर ३० वटा भन्दा बढी देशहरूमा लगातार यात्रा गरिरहनु भएको छ। चमत्कारपूर्वक, छोटा ३ वर्षहरुमा नै, साईं बाबाले ३० शैक्षिक संस्थानहरु, ५ सुपर स्पेशियल्टी अस्पतालहरु र ५ महाद्वीपहरुमा २१ वटा बहु-आस्था आध्यात्मिक केन्द्रहरूको निर्माण शुरु गर्नुभएको छ, जुन सन् २०२० सम्ममा वहाँको कार्य समाप्त हुनु अघि पूर्ण हुनेछ।
हालसालै नयाँ दिल्लीमा भएको दोस्रो सुपर स्पेशियल्टी बालरोग शैल्यचिकित्सा तथा अनुसन्धान केन्द्रको उद्घाटनमा, लामो समयदेखि स्वामीका भक्त रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो:
“साईं बाबा अब सूक्ष्म शरीरमा हुनुहुन्छ र निःशुल्क अस्पतालहरुको निर्माण, विद्यालयहरुको निर्माण र गरिबहरूका लागि सामाजिक सेवाका परियोजनाहरू ल्याउँदै आफ्ना सेवामुलक अभियानलाई निरन्तरता दिइरहनु भएको छ।“
SAIPRAKASHANA.ONLINE भगवान बाबाको विश्वव्यापी प्रवचनहरुको १५ वटा भाषाहरुमा चलिरहेको पुस्तकालय हो र यो "अभूतपूर्व" ईश्वरीय अस्तित्वको रहस्यमय अभिव्यक्ति र वहाँको अविरल विश्वव्यापी यात्राको अभिलेख हो।
SAIPRAKASHANA.ONLINE
का मार्गनिर्देशनहरू
विश्वव्यापी दिव्य प्रवचनहरुका पुस्तिकाहरू हेर्न बायाँ मेनूको “BOOKLETS-NE” लिंकमा क्लिक गर्नुहोस्।
पुस्तिकाको बाहिरी तस्वीरमा क्लिक गर्नुहोस्, र यो तपाईंको स्क्रीनमा पूर्ण आकारमा देखा पर्नेछ। दिव्य विश्वव्यापी पुस्तिकाको नाम मुनि, यदि तपाइँले “View” मा क्लिक गर्नुभयो भने तपाईंले यो पुस्तिका सिधै आफ्नो वेब ब्राउजरमा पढ्न सक्नुहुनेछ। पुस्तिकालाई पीडीएफ (PDF) ढाँचामा डाउनलोड गर्न सरलतापूर्वक “Download” लिंकमा क्लिक गर्नुहोस्।
सबैभन्दा नयाँ विश्वव्यापी दिव्य प्रवचनका पुस्तिकाहरू “New Releases” नामक अंश अन्तर्गत प्रदर्शित हुनेछन्।
“New Releases” को सँगै अघिल्ला महिनाहरुका संग्रहित विश्वव्यापी दिव्य प्रवचनहरूको एक सूची छ जुन तपाईं “Tags” नामक अंश अन्तर्गत देश वा वर्ष अनुसार हेर्न वा डाउनलोड गर्न सक्नुहुन्छ।
SAIPRAKASHANA.ONLINE वेबसाइट १५ वटा भाषाहरूमा उपलब्ध छ। तपाईं आफ्नो मनपर्ने भाषा चयन गर्न सक्नुहुनेछ, जुन तपाईंको उपकरणको लागि स्वत: प्रदर्शित हुनेछ, चाहे डेस्कटप, ल्यापटप, ट्याबलेट वा मोबाइल फोन होस्।
तपाईंको भाषामा सबैभन्दा नयाँ विश्वव्यापी दिव्य प्रवचन प्राप्त गर्न वा यस अनलाइन पुस्तकालयमा भएका नयाँ पोस्टहरुको सूचना प्राप्त गर्न, तपाईं आफ्नो नाम र ईमेल ठेगाना लेख्नुहोस् र सरलतापूर्वक “SUBSCRIBE” मा क्लिक गर्नुहोस्।


नेपाली
English
中文
Hrvatski
Nederlands
Français
Deutsch
Ελληνικά
Bahasa Indonesia
Italiano
日本語
Lietuvių
Македонски
Norsk
Polski
Português
Русский
Српски
සිංහල
Slovenščina
Español
Türkçe